शेयर बजारमा दाेहाेराे अंकको गिरावट

Nepal Cover
१ चैत्र २०८०, बिहीबार
image

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबारदेखि करेक्सन भएको बजारमा यस दिन पनि सोही क्रमले निरन्तरता पाएको हो। आज (बिहीवार) नेप्से परिसूचक २७.८४ अंक घटेर २०८०.८७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८० अंक घटेको छ।

नेप्सेमा आज ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४४ वटाको बढेको छ भने १९६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ । 

आज स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ६.०२ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यस दिन अप्पर तामाकोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५० करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको २४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सोनापुर मिनरल्स एण्ड आयलको कारोबार रकम १६ करोड नाघेको छ।