परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट

  Sampatti News

March 14, 2024

काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ। नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकिय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको हो।

अधिकृत जोशीमाथि कार्यपालिकाका बहुमत सदस्यहरूले कुटपिट गरेको बताइएको छ। उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ। अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ ।

कार्यपालिकामा नेकपा माओवादीका बहुमत सदस्य रहेका छन्। बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक डाँकिएको थियो। तर, कार्यपालिका सदस्यहरूले बैठकमा विरोध गर्दै कुर्सी हानाहान गरेको हुन्।

नेकपा माओवादी केन्द्रबाट विजयी कार्यपालिका सदस्यहरू धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नुपर्ने माग राखिरहेका थिए। आजको बैठकमा पनि उनीहरूले सोही माग गर्न थालेपछि प्रमुख प्रकाशकीय अधिकृत कृष्णदेव जोशीले उक्त कुरा आफूहरूले गर्न नसक्ने बताएका थिए।

बैठकमा आक्रोशित भएका सदस्यहरूले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेको बताइएको छ । 

प्रकाशित मिति:March 14, 2024