सेवाग्राहीसँग घुस लिएको आरोपमा नासु र खरिदार भ्रष्टाचार मुद्दामा दोषी ठहर

  Sampatti News

March 15, 2024

काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाका नासु सुदिप कटुवाल र खरिदार रमेश अधिकारी दोषी ठहर भएका छन् । 

सेवाग्राहीसँग घुस लिएको आरोप लागेका उनीहरूलाई विशेष अदालतले दोषी ठहर गर्दै जनही ७५ हजार रुपैयाँ जरिवाना र ४ महिना कैद सजाय सुनाएको छ ।

नायब सुब्बा कटुवाल र खरिदार अधिकारीले जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग १ लाख ५० रुपैयाँ घुस मागेका थिए । घुस मागेको उजुरी परेपछि आयोगको इटहरी कार्यालयबाट खटेको टोलीले लिएको आरोपमा उनीहरुले सेवाग्राहीबाट पैसा लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरेकाे थियाे ।

टोलीले कटुवाल र अधिकारीलाई सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुसररिसवत बापतको रकम लिइसकेको अवस्थामा गत असोज १२ गते नियन्त्रणमा लिइएको थियो।

प्रकाशित मिति:March 15, 2024