सरकार र लघुवित्तपीडितबीच ६ बुँदे सहमति (सम्झौतासहित)

  Sampatti News

March 15, 2024

काठमाडौं । लघुवित्तपीडित संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयमा भएको उक्त सहमतिसँगै संघर्ष समितिको तर्फबाट आजैदेखि आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ ।

सरकारी पक्षका वार्ता टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट पुनाराम ज्ञवालीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।

विभिन्न माग राखी आन्दोलनमा उत्रिएका रहेका ऋणीहरूसँग वार्ता गर्न अर्थमन्त्री वर्षमान पुन अनन्तले बुधबार समिति गठन गरेका थिए। अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको संयोजकतत्वमा वार्ता टोली बनाइएको थियो। 

प्रकाशित मिति:March 15, 2024