भाेजपुर आगलागी अपडेट : तीन बालबालिकाको मृत्यु

Nepal Cover
३ चैत्र २०८०, शनिबार
image

टक्सार । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जानकारी दिए।

इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।