नेप्से परिसूचकमा १०.६२ अंककाे गिरावट, कारोबार रकम पनि घट्दै

  Sampatti News

March 17, 2024

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १०.६२ अंक घटेर २०७०.२५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४४ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार करिब ४ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन ३०४ पटकको कारोबारमा ६३ हजार ९ पटकको कारोबारमा ३ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बराबरको ८४ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आज कारोबार भएका कम्पनीमध्ये ८४ वटाको बढेको छ भने १५० वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज क्रमशः १० र ९ प्रतिशतले बढेको छ । 

आज वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ७.८३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सोनापुर मिनरल्स एण्ड आयलको २३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने अप्पर तामाकोशीको करिब १४ करोडको शेयर किनबेच भएको छ।

प्रकाशित मिति:March 17, 2024