कस्ताे रहला आजकाे माैसम ?

  Sampatti News

March 18, 2024

काठमाडाै ।हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसकाे प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज पहाडी भू-भागमा आंशिक देखि साधारणता बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

महाशाखाका अनुसार आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति:March 18, 2024