माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

  Sampatti News

March 18, 2024

काठमाडौं । पूर्वसभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा मुछिएका महरालाई प्रहरीले लुम्बिनी, भैरहवालबाट नियन्त्रणमा लिएको हो ।

सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले महरामाथि पनि मुद्दा चलाउन सिफारिश गरेको थियो। त्यसकै आधारमा उनीमाथि थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

प्रकाशित मिति:March 18, 2024