नेविसंघद्वारा गृह र अर्थमन्त्रीको पुत्ला दहन

  Sampatti News

March 18, 2024

काठमाडौँ । नेपाल विद्यार्थी संघ पशुपति क्याम्पस इकाइ समितिले गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । उनीहरूले यो सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

सोमबार नेविसंघ पशुपति क्याम्पस इकाईले सुन काण्ड र लामिछाने सहकारी काण्डमा मुछिएकाहरुलाई सरकारमा सामेल गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। सो क्रममा उनीहरुले अर्थमन्त्री वर्षमान पुन र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ।

मन्त्रीको पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। उनीहरुले पुन र सुनको सम्बन्ध सार्वजनिक गर, भ्रष्ट सरकार मुर्दाबाद, सुन तस्कर र सहकारी ठग गठबन्धन सरकार मुर्दाबाद लगाएत प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीले ‘सहकारी पीडितहरूलाई न्याय दे’ भन्दै नाराबाजी पनि गरे ।

प्रकाशित मिति:March 18, 2024