आजकाे माैसम : यी स्थानमा वर्षा र हल्का हिमपातकाे सम्भावना

  Sampatti News

March 19, 2024

काठमाडाै‌ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार आज देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो मधेस प्रदेश र कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

प्रकाशित मिति:March 19, 2024