गृहमन्त्री लामिछानेको बचाउ गर्दै ओलीले भने- कांग्रेसले  बदनाम गर्न खोज्यो

  Sampatti News

March 19, 2024

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस उनलाई बदनाम गराउने र फसाउने खेलमा लागेको आरोप ओलीको छ ।

प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने,‘रवि लामिछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरू कुनै कुरा प्रमाणित भएको छैन तर काँग्रेसले आफूतिर नलागेकाले बदनाम गर्न र फसाउन खोजिरहेको छ,’ अध्यक्ष ओलीले भने।

रवि लामिछाने र उनको पार्टी कांग्रेसतिर नलागेकै कारण फसाउन खोजेको दाबी गर्दै ओलीले यसलाई महत्व दिन आवश्यक नभएको बताए ।

उनले आफू प्रधानमन्त्री भएको बेला शेर बहादुर तामाङ र गोकुल बास्कोटाको प्रसङ्ग उल्लेख गर्दै भने, ‘मैले बोलाई चिप्लेकै कारण शेर बहादुर तामाङ र गोकुल बास्कोटालाई फिर्ता बोलाए, तर भएको केही पनि थिएन। नेपाली काँग्रेसका मन्त्री त झन्डा हल्लाउँदै अख्तियार गएका थिए, सबैले देखेको होइन, अनि अहिले गृहमन्त्रीका बारेमा कुन नैतिकताले प्रश्न उठाउने रु’

उनले कांग्रेसले सरकार छोड्नु परेको पिडामा छाती पिटिरहेको व्यङ्ग्यसमेत गरे। ‘काँग्रेसको अहिलेको कदम, सरकारबाट बाहिरिएको पिडा हो । उसले सरकारबाट बाहिरिएको पिडामा छाती पिटेर रुँदै के भन्छ रु त्यसलाई धेरै महत्त्व दिइराख्नुपर्ने आवश्यकता छैन,’ अध्यक्ष ओलीले भने।

उनले सुन काण्डमा माओवादीका उपाध्यक्ष पक्राउ परेको घटनामा पत्रकारहरूले राखेका जिज्ञासामा कानुनअनुसार हुने बताए।’‘सोमबार माओवादीका नेता पक्राउ परेका होईनन्। माओवादीका नेता पक्राउ पर्दैनन् तर अनुसन्धानभित्र आएका जो कोही पनि पक्राउ पर्न सक्छन्,’ अध्यक्ष ओलीले भने।

प्रकाशित मिति:March 19, 2024