नेप्सेमा सामान्य अंकाे गिरावटसंगै, कारोबार रकम भने बढ्यो

Nepal Cover
६ चैत्र २०८०, मंगलवार
image

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकले घटेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक ६.२४ अंक घटेर २०६७.२९ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.१६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ८८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०७ स्टकको ६३ हजार ८०१ पटकको कारोबारमा ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बराबरको ९४ लाख ७८ हजार कित्ता शेयर कारोबार भएको छ।

नेप्सेका अनुसार आज ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा बुद्धभुमी नेपाल हाइड्रोपावर लिमिटेड, सर्वोतम सिमेन्ट लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् ।    

आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ७.०८ प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार शिभम् सिमेन्ट लिमिटेडको भएको छ । आज यस कम्पनीको २५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।