पाँच दलीय गठबन्धनको साझा संकल्प के-के छ ? (पूर्णपाठ)

  Sampatti News

March 19, 2024

काठमाडौँ । सत्तारुढ पाँच राजनीतिक दलले साझा संकल्प सार्वजनिक गरेको छ ।

मङ्गलबार सिंहदरबारमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै गठबन्धनले यस्तो दाबी गरेको हो । “अर्थतन्त्र सुधार, सुशासनदेखि नागरिकमा देखिएको निराशा अन्त्य गर्नेगरी काम गर्ने,” कार्यक्रम सार्वजनिक गर्दै लेखन समितिका संयोजक विष्णुप्रसाद पौडेलले भने ।

‘निराशा चिर्दै आशा जगाउँदै’ भनेर सुरू गरिएको प्रस्तावनामा समाजमा प्रकट नैराश्यता आक्रोश र नकारात्मक सोचमा परिवर्तन गरी सबै संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धि रक्षा गर्ने उल्लेख छ । संविधानको मर्म र भावनाविपरीत राज्यसञ्चालनमा प्रकट विचलन रोकी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहिनता एवम् व्यावसायिक निराशालाई चिर्दै जनतामा राज्यप्रति आशा र भरोसा पैदा गर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति:March 19, 2024