आजकाे माैसम : यी स्थानमा वर्षाकाे सम्भावना

  Sampatti News

March 20, 2024

काठमाडाै । हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेकाे छ । जसकाे प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार आज दिउँसाे देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहको छ । त्यस्तै कोशी र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ ।

दिउँसो कोशी ,मधेश, वाग्मती र गण्डकी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, मधेश र वाग्मती प्रदेशको थोरै स्थानमा साथै बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति:March 20, 2024