नेप्सेमा सामान्य अंकको गिरावट, ३ अर्ब ४९ करोडको कारोबार

Nepal Cover
७ चैत्र २०८०, बुधबार
image

काठमाडौं । शेयर बजार नेपाल स्टक एक्स्चेञ्‍ज (नेप्से)मा साताको कारोबारको चौथो दिन बुधबार पनि गिरावट आएको छ। यस दिन नेप्से परिसूचक ३.३४ अंक घटेर २०६३.९५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३६ अंक र फ्लोट इण्डेक्स ०.२० अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक बढेको छ।

यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ६३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०५ स्टकको ६० हजार १६ पटकको कारोबारमा ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बराबरको ९४ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

घटेको बजारमा पनि ५ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। जसमध्ये गुराँस फाइनान्स लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको साढे १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको करिब १२ करोडको शेयर किनबेच भएको छ।