अधिक तरलताको व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ बजारबाट तान्दै राष्ट्र बैंक

  Sampatti News

March 21, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न बिहीबार ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । उक्त उपकरण बिहीबार नै बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति चैत २२ गते निर्धारण भएको छ । राष्ट्र बैंकले यसअघि जारी गरेको निक्षेप संकलन उपकरणको सावाँ र ब्याज भुक्तानी हुने मितिकै दिन पुनः बोलकबोल गर्न लागेको हो ।

बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

प्रकाशित मिति:March 21, 2024