नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

  Sampatti News

March 21, 2024

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक १५.३७ अंक घटेर २०४८.५७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ।

नेप्सेमा आज ४ अर्ब ३१ करोड ३० लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४८ वटाको बढेको छ भने १८८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, सर्वोतम सिमेन्ट लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् ।    

आज बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबार रकमका आधारमा यस दिन माछापुच्छ्रे बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १ अर्ब २१ करोड ३२ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। यसैका कारण यस दिन कारोबार रकम बढ्न पुगेको हो। यस दिन गोर्खाज फाइनान्सको २७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।                       

प्रकाशित मिति:March 21, 2024