आज तीन संसदीय समितिको बैठक बस्दै

  Sampatti News

March 22, 2024

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । आज मध्यान्ह १२ बजे पूर्वाधार विकास समितिको बैठक बस्दै छ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदन माथि छलफल हुनेछ ।

यस्तै, दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे नै बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आगामी कार्य योजनाका सम्बन्धमा छलफल हुने छ ।

प्रकाशित मिति:March 22, 2024