सामाजिक विकास इकाइ कार्यालय सप्तरीका सव- इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nepal Cover
९ चैत्र २०८०, शुक्रबार
image

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास इकाइ कार्यालय सप्तरीका सव-इन्जिनियर अजय रजकविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

भवन निर्माणसम्बन्धी खाता फुकुवा गर्न सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका रजकविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

केही दिनअघि अख्तियारको टोलीले सेवाग्राहीबाट लिएको  १५ हजार नगद र ५५ हजारको चेकसहित उनलाई नियन्त्रणमा लिएको थियो। उनीमाथि ७० हजार रुपैयाँ बराबरको बिगो र सजायको माग गरिएको अख्तियारले जनाएको छ। आयोगको टलीलाई देखेपछि उनी घुसबापत लिएको रकम र चेक छोडेर भागेका थिए । ​तर आयोगको टोलीले उनलाई तत्कालै पक्राउ गरेको थियो ।​​​​​

उनीविरुद्ध ७० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी आयोगले गरेको छ।