प्रधानमन्त्री द्वारा गिरीको निधनप्रति दुःख व्यक्त

Nepal Cover
३ पुष २०७५, मंगलवार
image

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको आज मंगलबार विहान ९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित आफ्नो  निवासमा निधन भएको छ ।

निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गरेका छन्।प्रधानमन्त्री ओलीले ट्विट गर्दै भनेका छन्  ’पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खबरले मलाई दुःख लागेको छ। यस दुखद घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु’।

त्यसैगरी राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकिकृत राप्रपा (राष्ट्रवादी) ले पनि    शोक विज्ञप्ति जारि गर्दै  मुलुकमा प्रजातान्त्रिक आन्दोलन, नेपाली राजनीति विकासक्रममा गिरीको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन् ।

राप्रपाका तर्फबाट अध्यक्ष कमल थापा,एकिकृत राप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री राजाराम श्रेष्ठले गिरीको निधनप्रति समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गरेका छन्   ।

उनको पार्थिव शरीरलाइ आज अन्तिम श्रदाञ्जलीका लागि उनको आफ्नै निवासमै राखिने जानकारी गराइएको छ ।