ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट, दुईजनाको हत्या

Nepal Cover
१२ चैत्र २०८०, सोमबार
image

काठमाडौं । ललितपुर महानगरपालिका- २६ ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको छ। होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेका छन्। शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ।

“राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो। तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ। घटनाको कारण खुल्न सकेको छैन”, उनले भने।

उनीहरुबीच होली खेल्ने क्रममा विवाद भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले गए राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ।

शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।