प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल

Nepal Cover
१५ चैत्र २०८०, बिहीबार
image

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहज रुपमा सञ्चालन गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।

संसद्लाई प्रभावकारी बनाउने र राष्ट्रिय समस्या समाधानका लागि प्रमुख प्रतिपक्षी दलसँग प्रधानमन्त्रीले नियमित छलफल गरिरहेका छन्।