सुनको मूल्य हालसम्मकै उच्च, एकै दिन तोलामा २ हजार १ सय बढ्यो

Nepal Cover
१६ चैत्र २०८०, शुक्रबार
image

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार १ सयले वृद्धि भएको छ ।

आज सुन तोलामा २ हजार १०० रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

 यस्तै, बिहीबार प्रतितोला रु एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख २९ हजार चार सय निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला रु. एक हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार पाँच सय २५ पुगेको छ ।