गृह मन्त्रालयकाे अनुरोध : गैरकानूनी रूपमा सञ्चालित संस्थाहरूको बारेमा सूचना उपलब्ध गराउन

Nepal Cover
१६ चैत्र २०८०, शुक्रबार
image

काठमाडौँ । गैरकानूनी रूपमा सञ्चालित संस्थाहरूको बारेमा सूचना उपलब्ध गराइदिन गृह मन्त्रालयले सबैमा अनुरोध गरेका छन् । 

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराईले शुक्रवार एक विज्ञप्ति जारी गरेर प्रचलित कानून बमोजिम गर्नुपर्ने कार्य नगरेका संस्थाहरूले कानून बमोजिम गर्नुपर्ने कार्य कानूनले तोकेको समय भित्रै सम्पन्न गरी आन्तरिक सुशासन कायम गर्न समेत अनुरोध गरेको छ ।

आफ्नो समुदायमा गैरकानूनी रूपमा सञ्चालनमा रहेका, कानुन बमोजिम गर्नुपर्ने कार्य नगरेका, कानून विपरीतका कार्य गरेका, आन्तरिक सुशासन कायम नगरेका, संस्थाको सम्पत्ति निजी हितमा उपयोग गरेका संस्थाहरूको बारेमा सूचना, जानकारी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराई सहयोग गरिदिन सबै नागरिकहरूमा अनुरोध छ ।