अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

Nepal Cover
१८ चैत्र २०८०, आईतवार
image

काठमाडौं। साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा अल नासरले अल टाईलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । त्यस्तै अब्दुलरहमान घरीब र ओटाभियोले एक–एक गोल गरेका थिए । यता अल टाईका भिर्गिल मिसिडजानले एक गोल फर्काएका थिए ।

यो जितपछि अल नासर २५ खेलबाट ५९ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको अल हिलाल १२ अंकले अगाडि छ । पराजित भएको अल टाई २२ अंकका साथ १६औँ स्थानमा छ ।