काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का नेता कालीबहादुर खाम पक्राउ परेका छन्। उनी कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार थिए ।
उनीमाथि २०६५ वैशाख १५ मा व्यापारी श्रेष्ठको हत्या गरेको आरोप छ। उक्त मुद्दामा उनी फरार रहँदै आएका थिए।
यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमाण्डर गोविन्दबहादुर बटाला भने पक्राउ पछि रिहा भएका थिए ।