श्रीमान्‌–श्रीमती घाँटी रेटिएको अवस्थामा फेला

  Sampatti News Online

April 2, 2024

खजुरा । बाँकेको खजुरा गाउँपालिकामा श्रीमान् श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । खजुरामा गम्भीर घाइते अवस्थामा रहेका श्रीमान श्रीमतीलाई प्रहरीले उद्दार गरेर अस्पताल पठाएको छ । खजुरा ३ बी गाउँमा घाँटी लगायतका स्थानमा धारिलो हतियारले रेटिएको अवस्थामा रहेका श्रीमान श्रीमतीलाई उद्दार गरि प्रहरीले अस्पताल पठाएको हो ।

घरभित्र चुक्कुल लगाएर आपसी झगडा गरिरहेका उनीहरुले धारिलो हतियारले हानाहान गरेको छिमेकीले सूचना दिएपछि प्रहरीले मुल ढोका फोडेर उनीहरुको उद्दार गरेको बताइएको छ । घरभित्र गम्भीर घाइते अवस्थामा रहेका खजुरा ३ का २९ वर्षिय महेन्द्र रावत र २७ वर्षिया रितार्सिह ठकुरीलाई उद्दार गरि मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज पठाइएको बाँके प्रहरीले बताए ।

घाइते दुबैको अवस्था गम्भीर रहेको बताए । घटनाको इलाका प्रहरी कार्यालय धनौलीले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:April 2, 2024