‘सासदेखि लाससम्म भ्रष्टाचार व्यापाक छ, यो भन्दा लजास्पद कुरा के हुन सक्छ ?’

  Sampatti News

April 4, 2024

काठमाडौं । रौतहट टाइम्सको २६औँ वार्षिकउत्सव सम्पन्न भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी वार्षिकउत्सव सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न अतिथिहरुले शुभकामनासहित आआफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेकापा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जन्मदेखि मृत्युसम्म देशमा भ्रष्टाचार व्यापाक भएको बताएका छन् ।

उनले कुनै पनि काम बिना पैसाको, बिना घुसको नहुने यो भन्दा लाजमर्दो कुरा अरु हुन नसक्ने बताउँदै यो विषयमा गम्भिर विमर्स गर्नुपर्ने आवश्यकता औल्याए । देशमा सत्ता र कुर्सीको लागि लड्नेले जनताको लागि केही गर्न नसक्ने उनको धारणा थियो । सत्ताको स्वार्थले देशको सेवा गर्न रोकिराखेकाले स्वार्थभन्दा बाहिर रहेर देश र जनताप्रति समार्पित भएर लाग्ने भावनाले प्रेरित बन्नुपर्नेमा उनले जोड दिए । यो हुने वित्तिकै राजनैतिक, प्रशासनिक क्षेत्रमा सेवाको भावना जाग्न सक्ने उनले बताए ।
कार्यक्रममा उनले राष्ट्रसेवकलाई काम र जिम्वेवारीको कुरा बताउने, सही काम गर्दा पुरुस्कृत हुने र गलत गर्दा दण्डित हुने कुरामा लाग्न आवश्यक भएको बताए । राम्रा काम गर्दा दण्डित भएको खण्डमा गर्नेले पनि जागर नचलाउने र नराम्रो काम गर्दा दण्ड नहुने हो भने नडाराउने भएकाले दण्ड र प्रशंसाको तालमेल मिल्नुपर्ने उनले औल्याएका छन् ।

शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिका सभापति माननीय अम्मर बहादुर थापा कार्यक्रममा आफ्नो सान्दर्भिक भनाई राख्नुहुदै ।

नेपालले रौतहट टाइम्सले स्थापनाकालदेखि हालसम्म आइपुग्दा विभिन्न आरोह अवरोह, संकट झेलेर यहाँसम्म आइपुग्न सफल भएकोमा धन्यवादसहित आगमी दिनमा थप प्रगति गर्दै जाओस् भन्दै शुभकामना व्यक्त गरे । अध्यक्ष नेपालले वार्षिकउत्वको अवसरमा नयाँ अभियानको थालनी गरेको बताउँदै त्यसलाई निरन्तरको पनि काम गरे ।

उनले भने, ‘सबैले सम्झिनेगरी जन्मदिनको सन्र्दभमा वृक्षरोपण गर्नुपर्छ भनेर जुन अभियान सुरु गर्नुभएको छ, जन्मदिनलाई सत्कर्ममा जोडौ अभियान सुरु गर्नुभएको छ जुन निकै सराहनीय छ, अभियानका अध्यक्षज्यूलाई विशेष धन्यावद् ।’
अध्यक्ष नेपालले मान्छेमा सिर्जनशीलता आवश्यक भएको औल्याए । नेपाली समाजमा बस्ने हरेक वर्गकाहरु राजनीतिकर्मी, कलाकर्मी, प्रशासनिक क्षेत्र, पत्रकारलगायतका वर्गले पीडा र वेदनाहरु महसुस गर्न सक्ने हुनुपर्ने उनले बताए ।
विशेषगरी कला साहित्यमा लागेकाहरुले गीत, साहित्यको माध्यमबाट रचना गरेर जनतासामू पुर्याउनुपर्ने उल्लेख गरेका छन् । नेपालीहरुमा खुबी र क्षमता भएर पनि सदुपयोग गर्न नसकेको उल्लेख गर्दै जनताको चाहाना समयको माग अहिलेका आवश्यकतालाई बुझेर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘नेपाली जनतामा खुबी र क्षमता छन् ती खुबी र क्षमतालाई राम्ररी सदुपयोग गर्न सकेका छैनौँ, चाहना हाम्रो पवित्र छ, पवित्र चाहनालाई यथार्थमा परिणत गर्न सकिरहेका छैनौँ सबैभन्दा ठूलो विडम्वना यही नै हो’ उनले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरे कार्यक्रममा आफ्नो सान्दर्भिक भनाई राख्नुहुदै ।

राष्ट्रसेवक कर्मचारीलाई सहज सेवा उपलब्ध गराउने कुराको विषय अगाडि सारेपनि सिंगो समाजको संरचनामा राज्य सञ्चालन, प्रशासन सञ्चालनमा समस्या भएको बताए । राजनैतिककर्मीहरु इमान्दर, निष्ठावान भएनन् भने र उनीहरुले स्वछ्व छवि कायम राख्नुपर्छ भन्ने कुराको ख्याल गर्न सकिएन भने राष्ट्रसेवकले पनि असल कुरा सिक्न सक्दैन । यो विषयमा राष्ट्र सेवकको ठूलो भूमिका भएको उनले औंल्याए । राष्ट्र सेवकालाई असल कर्ममा उत्प्रेरित गर्न सञ्चार क्षेत्रले पनि महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस कार्यमा रौतहट टाइम्स्को योगदान उल्लेखीनीय भएको उनले बताए ।

विभिन्न कालखण्डमा समाजमा राम्रा काम गर्ने व्यक्तिहरुको व्यक्तित्वलाई उजागार गर्ने गरी सम्मान र पुरुस्कृत गर्दै आइरहेका काम सराहनीय भएको बताए । उनले त्यस्ता व्यक्तिको मूल्यांकन गरेर सम्मान गर्दै आइरहेकामा धन्यावद दिए ।
देशको अर्थतन्त्रमा समस्या आउनुका त्रुटीहरु पत्ता लगाई त्यसको समाधानतर्फ लाग्न विभिन्न छलफल गर्नुपर्ने कुरा प्रधानमन्त्रीसमक्ष राख्दै आइरहेकोसमेत कार्यक्रममा उनले बताए ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले अख्तियारले २०४७ सालदेखि कानुनको परिपालना गर्दै संविधानले दिएको जिम्वेवारी पूरा गद निरन्तर काम गर्दै आइरहेको बताए । राष्ट्रसेवक कर्मचारीले राष्ट्रको लागि गर्नुपर्ने काम कानुनी दायित्व, जिम्वेवारी र आफ्नो नैतिकतालाई उचित संयोजन गर्न सकियो भने गलत काम गर्न अग्रसर नहुने बताए ।

बेलायतमा कानुन नहुँदा पनि देश सही तरिकाले चलेको उदाहरण दिँदै उनले भन्,‘ मान्छेले नैतिकतामा रहेर काम गर्ने हो भने कानुन नै चाहिन्छ भन्ने छैन । राज्य सञ्चालनको लागि कानुन आवश्यक छ, त्यही कानुनअनुसार सामाजिक मूल्यमान्यता र प्रणालीबाटै कानुनको सिर्जना हुने भएकाले कानुन र नैतिकतालाई तालमेल गरेर बढ्नपर्ने धारणा व्यक्त गरे । गर्न नहुने काम नगर्ने र गर्नुपर्ने काम मात्रै गरेको खण्डमा धेरै भ्रष्टचार नियन्त्रणमा आउन सक्ने कुरा राखे ।

कार्यक्रममा पूर्व मन्त्री डा. वंशिधर मिश्र आफ्नो सान्दर्भिक भनाई राख्नुहुदै ।

भ्रष्टाचार नियन्त्रण र शुसासन प्रवद्र्धनमा राज्यको चौथो अंगको रुपमा रहेको सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्ने उनले औल्याए । जनचेतना फैलाउने हिसावले विभिन्न मुद्धा उठान उठाउने, चेतना जगाउने र खबरदारी गर्ने काममा मिडियाले भूमिका खेल्नुपर्ने उनले प्रष्ट पारे । साथै प्रवक्ता घिमिरेले सार्वजनिक सेवा प्रवाहमा विभिन्न संघसंस्थाले पनि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

त्यसैगरी कार्यक्रमा अर्का वक्ता नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरलेले रौतहट टाइम्सलाई वार्षिक उत्सवको शुभकामना व्यक्त गर्दै समाजमा मुद्धाहरुलाई पहिचान गरेर आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए । संसारभरी नै पत्रकारिता क्षेत्र चुनौतीपूर्ण भएको उल्लेख गर्दै अध्यक्ष पोखरलले चुनौतीलाई सामना गरेर सत्यतथ्य समाचार सञ्चारमाध्यमले दिनुपर्ने कर्तव्य औल्याए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल कार्यक्रमा आफ्नो धारणा राख्नुहुँदै ।

राज्यका सम्पूर्ण परिवर्तनको लागि सामाजिक, आर्थिक, राजनैकित, सत्तालगायतका परिवर्तनको लागि सञ्चार क्षेत्रले सहयोगीको भूमिका खेल्नुपर्ने उनले बताएका छन् । साथै उनले संस्दमा, बजेट भाषणमा मिडिया मुद्धा नउठेका बताउँदै मिडियाका मुद्धा उठ्नुपर्ने जनाए । राष्ट्र सेवकको भूमिकाले राज्यप्रति नागरिकलाई आशावादी बनाउनेदेखि निराशासम्म बनाउनसक्छ भन्ने कुरा प्रस्तुत गरे । अहिले राज्यप्रति नागरिक निराशा भएको र त्यो निराशालाई आशामा बदल्न राष्ट्रसेवकले महत्वपूर्ण भूमिका खेल्नेमा उनले अपेक्षा राखेका छन् ।

त्यस्तै गौर नगरपालिकाका नगरप्रमुख शम्भु शाहले रौतहट टाइम्स्ले गर्दै आइरहेका कार्यक्रमहरु अरुभन्दा भिन्न भएको बताएका छन् । रौतहट टाइम्सले जन्मदिनको अवसरमा सुरुवात गरेको नयाँ अभियान वृक्षरोपणले सकारात्मक सन्देश जाने बताए । नगरप्रमुख शाहले नगरपालिकाको विकासमा मात्रै नभएर रोजागरी सिर्जना गर्नमा केन्द्रित भएपनि हालसम्म कुनै रोजगारी सिर्जना गर्न नसकेको उल्लेख गर्दै आगमी दिनमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित अघि बढिरहेको बताए ।

त्यसैगरी कार्यक्रममा अर्का वक्ता पूर्वराज्यमन्त्री वंशिधर मिश्रले मूलुकले धेरै परिवर्तनहरुको आत्मसाथ गर्दै संघियता कार्यान्वयन भइरहेको अवस्थामा जनताले धेरै निराशाको सामना गर्नुपर्ने अवस्था भएको बताए । उनले अहिले जतापनि असफलता,नैराश्यता छाएको जनाए । यी सबै हुनुमा आआफ्नो जिम्वेवारी पूरा गर्न नलागेर एकले अर्कालाई आलोचना गर्न र नकारात्मक कुरालाई बढी प्राथामिकता दिएको नतिजा भएको बताए । आफ्नो जिम्वेवारी पूरा गर्ने हो भने देश बन्न र देशमा सकारात्मक परिवर्तन आउन समय नलाग्ने उल्लेख गरे । देशमा जनतामा विश्वास दिलाउन नसक्नु, विकास खर्च नहुनुमा दोषी को, के कारणले क्षमताहीन भयौँ, छिमेकी मूलुकले विकास गर्न सक्दा हामी कहाँनिर चुक्यौँ यी सबैको खोजी गर्नुपर्ने कुरा राखे ।

गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह गौर नगरपालिकाले गरेका प्रगतिका बारेमा धारणा राख्नुहुँदै ।

कार्यक्रममा आफ्नो विचार राख्ने क्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले रौतहटलाई ब्रान्डिङ गर्ने क्रममा रौतहट टाइम्सले महत्वपूर्ण भूमिका खेलेको बताए । विगतमा पनि र हालको अवस्थामा पनि पत्रिका चलाउन सजिलो नभएको उल्लेख गर्दै उनले रौतहट टाइम्सले अथक योगदान पुर्याईरहेको उल्लेख गरे । त्यस्तै उनले हालको अवस्थामा प्रिन्ट मिडियालाई टिकाउन निकै गाह्रो परिस्थिति भएको प्रष्ट पारे । त्यस्तै कार्यक्रममा जुनु रिजाल काफ्लेले गजल गाएर कार्यक्रमलाई थप मनाेरञ्जन प्रदान गरेकी थिइन् ।

प्रेस कान्सिल नेपालका अध्यक्ष बालकृष्ण वस्नेत कार्यक्रममा आफ्नो सान्दर्भिक भनाई राख्नुहुदै ।

त्यसमा पनि जिल्लाबाट चल्ने पत्रिकालाई झन गाह्रोे भएको बताए । यसमा राज्यको ध्यान जानुपर्ने उनले बताएका छन् । राजनैतिक नेत्वृत्वले पनि सञ्चारमाध्यम र सञ्चारकर्मीको लागि नयाँ नीति र प्रवद्र्धना ध्यान दिनुपर्ने औल्याए । कार्यक्रममा रौतहटमा रहेर उत्कृष्ट काम गर्ने तीन संचार कर्मी संजय मिश्र ,रमेश तिमल्सिना र कृष्ण तिवारीलाई प्रमुख अतिथिले सम्मान गरेका थिए ।कार्यक्रम सम्पादक गोबिन्दप्रसाद चौलागाईंको अध्यक्षतामा सम्पन्न भएके थियो।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द प्रसाद चौलागाईंले कार्यक्रमको विषयबस्तुलाई प्रकाश पार्नुहुँदै ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहटका सञ्चारकर्मि संजय मिश्रालाई प्रमाणपत्र सहित समान पत्र प्रदान गरिदै ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहटका सञ्चारकर्मि रमेश तिमलसेनालाई प्रमाणपत्र सहित समान पत्र प्रदान गरिदै ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहटका सञ्चारकर्मि कृष्ण तिवारीलाई प्रमाणपत्र सहित समान पत्र प्रदान गरिदै ।
कार्यक्रममा गायिका जुनु रिजालले आफ्नो प्रस्तुति दिनुहुँदै

ऎक्यबद्दता जनाउनु हुने आदरणीय ब्याक्तित्वहरु निम्न हुनुहुन्छ :- 

१) माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री

अध्यक्ष, एकीकृत समाजवादी पार्टी

जन्म महिना : फागुन २३ गते

२ भानुभक्त जोशी, मन्त्री, संघीय तथा सामान्य प्रशासन मन्त्रालय

जन्म महिना :

४) तोयम राय, महालेखापरीक्षक, महालेखा परीक्षकको कार्यालय 

जन्म महिना : फागुन १८ गते

३) प्रेमकुमार राई, प्रमुख आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग

जन्म महिना :  फागुन २९

५)माननीय डाक्टर रमेशचन्द्र पौडेल सदस्य राष्ट्रिय योजना आयोग 

जन्म महिना : कार्तिक १७ गते

६) एकनारायण अर्याल, गृहसचिव, गृह मन्त्रालय

जन्म महिना :

७) किरणराज शर्मा, सचिव ,रक्षा

 जन्म महिना:

८) रामेश्वर दंगाल, सचिव

जन्म महिना :  फागुन २७ गते

९) दिपक थापा, अतिरिक्त प्रहरी महानिरीक्षक –एआइजी

जन्म महिना  : असार २९ गते

१०) पार्वती शर्मा काफ्ले, सहसचिव

जन्म महिना :

११) नवराज सापकोटा, सहसचिव

जन्म महिना :

१२ रामकृष्ण सुबेदि सचिव, संचार मन्त्रालय

जन्म महिना : असार १५

१३) सुरेश आचार्य

जन्म महिना : भाद्र ५ गते

१४) यज्ञ प्रसाद न्यौपाने, उपमहाप्रबन्धक, कृषि विकास बैँक

जन्म महिना : पुष २९

१५) कुलमान घिसिङ्ग, कार्यकारी निर्देशक, नेपाल विद्युत प्राधिकरण जन्म महिना

जन्म महिना :

१६) कल्याणी खड्का

जन्म महिना :

१७) डा. वंशिधर मिश्र

जन्म महिना :

१८)शम्भु शाह मेयर गौर नपा

जन्म महिना :

१९) रामकुमार भट्टराई पुर्व माननीय

जन्म महिना:

२०) सुर्य प्रसाद सिलवाल, बीमा समितिको अध्यक्ष

जन्म महिना :

२१) बालकृष्ण बस्नेत, अध्यक्ष, प्रेस काउन्सिल नेपाल

जन्म महिना : चैत्र ९ गते

२२) फुलमान बल, महाप्रबन्धक

जन्म महिना : असार १ गते

२३ शंकर पन्थी

जन्म महिना :

२४) धर्मेन्द्र झा,

जन्म महिना :  माघ २ गते                                

२५)राधिका खतिवडा वरिष्ठ अधिवक्ता 

जन्म महिना :                                                                               

२६)डाक्टर संजयकुमार ठाकुर :

जन्म महिना :                                         

२७) लक्ष्मिनारायण चौधरी :    

जन्म महिना :

२८) रविनचन्द्र कोइराला

जन्म महिना : बैसाख १३ गते

२९ ) शंकर पन्थी

जन्म महिनासः

३०) प्रमोदकुमार चौधरी

जन्म महिना

३१) लाल ऎरि 

जन्म महिनाः

३२) बिश्वमणी सुवेदी

जन्म महिनाः

प्रकाशित मिति:April 4, 2024