कस्ताे रहनेछ आज देशभरकाे माैसम ?

  Sampatti News

April 6, 2024

काठमाडाै । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने जल तथा माैसम विभाग,माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार शनिबार देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

प्रकाशित मिति:April 6, 2024