सरुवा भएका केही महिनामै सात जिल्लाका एसपी हेरफेर

  Sampatti News

April 6, 2024

काठमाडाै । सरुवा भएका केही महिना नपुग्दै प्रहरी प्रधान कार्यालयले सात जिल्लाका एसपी हेरफेर गरेको छ । प्रहरी प्रधान कार्यालयले बाँके, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र नुवाकोटका एसपी फेरिएका हुन् ।

बाँकेमा तुलबहादुर कार्की, बारामा महेन्द्र खड्का, रौतटहमा दिलिप घिमिरे, सर्लाहीमा रबिन्द्र सिंह, महोत्तरीमा नकुल पोखरेल र धनुषामा भुवनेश्वर तिवारीको सरुवा भएको छ ।

त्यस्तै बाँकेका एसपी सुवासचन्द्र बोहरा, बाराका सुरेश काफ्ले, रौतहटका महेन्द्र श्रेष्ठ, सर्लाहीका दयानिधी ज्ञवाली, महोत्तरीका श्यामकुमार राई तथा धनुषाका मित्रबन्धु शर्माको विषयमा उजुरी बढेपछि उनीहरुलाई हटाइएको स्रोत बताउँछ ।

त्यस्तै, नुवाकोटमा एसपी शान्तिराज कोइरालालाई पठाइएको छ । त्यहाँका एसपी संजयसिंह थापालाई यसअघि सुनकाण्डमा हटाइएको थियो ।

प्रकाशित मिति:April 6, 2024