यस्ताे छ आज दिनभरकाे माैसम

  Sampatti News

April 8, 2024

काठमाडाै । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। आज कोशी प्रदेश र गण्डकी देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

त्यस्तै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति:April 8, 2024