सम्पत्ति शुद्धीकरणको अभियोगमा न्यौपाने दोषी ठहर

  Sampatti News

April 8, 2024

काठमाडाै । नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका छन् ।

विशेष अदालतले उनलाई नेपाल इञ्जिनियरिङ कलेजको सम्पत्ति गैरकानूनी रुपमा आफ्नो खातामा राख्ने निर्णय गरेकोमा दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका २०८१ साल १६ वैशाखमा पेशी तोक्न आदेश दिएको छ ।

विशेष अदालतले सामाजिक संस्थाको सम्पत्ति गैरकानूनी रुपमा व्यक्तिगत खातामा सारेकामा उनलाई दोषी ठहर गरेको हो । विशेषको ठहर अनुसार, उनले १२ करोड ८४ लाख ८७ हजार रुपैयाँ गैरकानूनी रुपमा अपचलन गरेका थिए ।

प्रकाशित मिति:April 8, 2024