निर्दोष छन् भने किन छानबिनका लागि तयार छैनन् : पौडले

Nepal Cover
२६ चैत्र २०८०, सोमबार
image

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट कांग्रेस पछि नहटेको बताएका छन्।  पौडलेले गृहमन्त्री रवि लामिछाने निर्दोष छन् भने किन छानबिनका लागि तयार छैनन् भन्ने प्रश्न गरेका छन्  ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुरागर्दै पौडेलले कांग्रेस संसदीय छानबिन समितिको अडानबाट पछि नहटेको स्पष्ट गर्दै निर्दोष छु भन्नेहरू नै छानबिनका लागि तयार किन नभएको भन्दै प्रश्न गरेका हुन् ।

उनले भने- ‘छानबिनका लागि निर्दोष छु भन्नेहरू किन तयार नहुनुभएको त ? निर्दोष भए त झनै छानबिन गरेर निर्दोष साबित हुनु राम्रो हुन्छ । दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अप्ठ्यारो भयो । हामीले पूर्वाग्रह राखेको होइन, नयाँ कुरा गरेको होइन । नेपाली कांग्रेस छानबिन समिति निर्माण गर्ने अडानबाट पछि हटेको छैन र हट्दैन ।’