रौतहटको मौलापुर दलित बस्तीमा आगलागी, लाखौंको क्षति

Nepal Cover
२८ चैत्र २०८०, बुधबार
image

रौतहट । आज बिहान जिल्ला रौतहट मौलापुर न.पा. वडा नं.२ दलित बस्तीमा खर र बसाले बनेको फुसको गोठघरमा आगलागी भएको समाचार प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार बिहान ०५:१० बजेको समयमा उक्त स्थानमा आगलागी भएकाे हाे ।

इलाका प्रहरी मौलापुरमा आगलागी भएको जानकारी प्राप्तभएसगै प्र.स.नि.सिकिन्द्र साह कानुको कमाण्डमा घटना स्थाल पुगेको थियाे । त्यहाँ अहिले प्रहरी र स्थानीयबासी सहयाेगमा आगाे पुर्ण रुपमा नियन्त्रणमा लिई सकेको जनाएकाे छ ।

आगलागीबाट मानवीय क्षति नभएपनि घरहरु पुर्णरुपमा जलर नष्ट भएको छ। घर भित्र रहेका खाद्यान्नदेखि लत्ताकपडा पशु चौपायासमेत आगलागीबाट क्षति पुगेको सम्पति न्युजका जिल्लास्थित समाचारदाताले बताएका छ्न्। प्राप्त जानकारी अनुसार सोही स्थानमा बस्ने जगदेव रामको बाख्रा ४ चार वटा,सिलाई मेसिन एक थान ( सिलिङ पंखा एक थान अन्नपात,मोबायल दुई थान गरी दुई लाख पैतिस हजार को क्षती भएको छ।

त्यसैगरी सोही स्थानमा बस्ने राज कुमार रामको १२ किलोको खसी,बिस हजार र अन्नपात एक लाख पचास हजार को क्षति भएको बताइएको । त्यस्तै बिगन रामको साईकलदुई थान एक लाख साठी हजार अन्नपात नष्ट भएको बताइएको छ। समाचार श्रोतका अनुसार आगलागी बाट पाच लाख पैतालिस हजार बराबरको क्षति भएको छ ।