एसीसी प्रिमियर कप : आज नेपाल र यूएई भिड्दै

Nepal Cover
७ बैशाख २०८१, शुक्रबार
image

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)को सामना गर्दैछ ।

खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा सुरु हुनेछ। ।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने युएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।समूह चरणमा नेपाल अपराजित रह्यो।

नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह छन् ।