राजदेवी नगरपालिकामा पूर्ण खोप सुनिश्चिता  घोषणा 

  Sampatti News Online

May 12, 2024

रौतहट ३० बैशाख। रौतहटको पूर्विभेग राजदेवी नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।

रौतहटमा राजदेवी १६औँ पालिकाको रुपमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा भएको हो ।  पूर्ण खोप जिल्ला सुनिश्चितता घोषणा गर्ने अभियानअन्तर्गत शनिबार पूर्ण खोपको सम्पूर्ण मापदण्ड पूरा गरेको राजदेवी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ।

जिल्ला समन्वय समिति एवं खोप  समन्वय समितिका संयोजक राम अयोध्या यादवको प्रमुख आतिथ्य , मेयर भिखारी प्रसाद यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा १६ देखि ५९ महिनासम्मका बालबालिकालाई  खोप सुनिश्चितता भएपछि  पूर्ण खोप सुनिश्चिता नगरपालिका घोषणा गरिएको छ ।

उक्त अवसरमा जिल्ला समन्वय समितिका अध्यक्ष यादवले शिक्षा र स्वास्थ्य मानबको लागि नभई नहुने आधारभूत आवश्यकता रहेको बताएका थिए। शिक्षा नभए जीवन अधुरो र स्वास्थ्य राम्रो नभए जीवन सकिने भएकाले दुवै अपरिहार्य भएकाले शिक्षा र स्वास्थ्यको सुधार गर्नुुपर्नेमा उनले जोड दिएको प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले जानकारी दिएका छन्।

प्रकाशित मिति:May 12, 2024