समाजवादीका प्रदेश सचेतक पटेल द्वारा कमेडियन अमरेन्द्र लाई सम्मान

  Sampatti News Online

May 12, 2024

रौतहट निर्वाचन क्षेत्र नं२(ख) बाट निर्वाचित मधेस प्रदेश सभा सदस्य एवं नेकपा एकीकृत समाजवादी मधेस प्रदेशका प्रमुख सचेतक कनिश पटेल कमेडियन अमरेन्द्र यादवलाई सम्मान गरिएको छ।
कान्तिपुर टेलिभिजनको शो कमेडि च्याम्पीयन सिजन–३ को विजेता बन्न विगत केहि महिनादेखी प्रतिस्पर्धा गर्दै आएका कलाकार यादव लाई सचेतक पटेलले सनिवार एक कार्यक्रम बीच खाँदा ओढाएर सम्मान गरेका हुन्।
कान्तिपुरबाट प्रसारित कमेडि च्याम्पीयनमा केहि महिना अघि रौतहटमे रहेके बा त माधव माधव कहेके बा भनी एकाएक चर्चामा आएका कलाकार यादव कमेडि च्याम्पीयनको विजेता बन्न कडा मिहिनेत र संघर्ष गर्दै आएका छन् । रौतहटको कटहरिया नगरपालिकाको डुमरिया घर भएका युवा कलाकार अमरेन्द्र यादवले आफना अदभुत हास्यकला, प्रतिभाले कमेडि च्याम्पीयनमा टप १० बाट टप ५ मा पुग्न सफल भएका छन् ।आफना कलाको माध्यमले आफना दर्जनौ प्रतिस्पर्धीलाई पछाडि पार्दै कलाकार यादवले टप ५ मा पुगेका छन् ।
तराइ मधेशबाट कमेडि च्याम्पीयन सिजन–३ मा पुग्ने यादव एक्लो कलाकार हुन ।
आफना हास्ने र हसाउने कला प्रस्तुत गर्दै निकै प्रतिस्पर्धाका बीच आफु ५ मा पुग्न सफल भएको र अब टप ४ मा पुग्ने लक्ष्य लिएर अगाडि बढेको उनले बताए ।

प्रकाशित मिति:May 12, 2024