छात्रालाई बलात्कार गरेको आरोपमा मोलबी पक्राउ 

  Sampatti News Online

May 12, 2024

पटना ३० बैशाख। भारतको राजधानी दिल्ली संग टाँसिएको यूपीको गाजियाबादमा प्रहरीले एकजना मौलवीलाई छात्रा संग बलात्कार गरेको आरोपमा पक्राऊ गरेको छ।

युवतीको साथ मौलवीको अश्लील वीडियो सोशल मीडियामा भाईरल भएपछि यूपी प्रहरी तुरुन्तै एक्सनमा आएर कार्रवाई गर्दै आरोपी मौलवी लाई पक्राउ गरेको हो।

यस घटनाको बारेमा पुलिस उपायुक्त (ग्रामीण) विवेक चंद्र यादवले भन्योुुबलात्कारको घटना दुईवर्ष अघि भएको थियो जब उक्त युवती ज़ब्बार नाम गरेको मौलवी संग क्लास लिन गएकी थिइन्।

न्यूज एजेंसी अनुसार पुलिसले भन्यो आरोपीले युवतीको केही वीडियो बनाएको थियो र त्यही भिडियो देखाएर आफू संग संबंध बनाउन युवती माथि दबाव दिइरहेको थियो। प्रहरीका अनुसार संबंध न बनाएमा आरोपी मौलवीले छात्राको वीडियो लीक गर्ने धमकी दिँदै आएको थियो।

रिपोर्टका अनुसार आरोपी मंसूरी थाना क्षेत्र अन्तर्गत एक मस्जिदमा मौलवी थिए। जुन वीडियो भाईरल भएपछि कार्रवाई सुरु गरिएको छ उक्त भिडियो केही दिन अघि सोशल मीडियामा भाईरल भएको थियो। त्यस पछि पीडितको परिवारका सदस्यहरुले प्रहरी लाई सूचना दिएको थियो।

प्रहरी अधिकारीले सूचनाको आधारमा मोलबी ज़ब्बारको बिरुद्द आईपीसीको धारा घठट (बलात्कार) र आपराधिक धमकी (छण्ट) को अनुसार जाहेरी दर्ता गरिएको र पक्राउ गरिएको बताएको छ। प्रहरीले अनुसन्धान गरिरहेको छ कि वीडियो आरोपीले सोशल मीडियामा शेयर गरेको थियो अथवा अन्य कसैले अपलोड गरेको थियो। अभिनव चौबे 

प्रकाशित मिति:May 12, 2024