जेष्ठ ३ गते जानकी (सिता) जयन्ती भव्यताका साथ मनाईने 

  Sampatti News Online

May 12, 2024

रौतहट ३० वैशाख। आगामी जेष्ठको ३ गते भव्यताका साथ जानकी (सिता) मनाईने भएको छ। प्रभु साह नेतृत्वको आमजनता पार्टीको बसेको बैठकले उक्त निर्णय गरेको हो।

पूर्व मन्त्री तथा पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा आम जनता पार्टीको काठमाडौं उपत्यका बिशेष कमिटीको बैठकले यही जेष्ठको ३ गते जानकी जयन्ती मनाउने निर्माण गरेको पार्टीले जनाएको छ। माता जानकी (सिता)जयन्ती मनाऔ राष्ट्रिय बिभुति सिता माताको सम्मान लग़रौ भन्ने मुल नाराका साथ मनाउने निर्णय गरिएको पार्टी प्रवक्ता चन्द्रभुषण साहले बताएका छन्।

केन्द्रीय मुख्यालय बसेको उक्त बैठकले जानकी जयन्ती मनाउने, भन्सारको लुटकारी प्रावधान विरुद्धको आन्दोलनलाई अझ प्रभावकारी बनाउने तथा कवाड ब्यवसायीहरुको हित रक्षाको लागि बिशेष अभियान संचालन गर्ने निर्णय समेत गरेको सहभागी फतुवा विजयपुरको मेयर प्रत्याशी बिजय यादवले बताएका छन । पूर्व मन्त्री प्रभु साहको सल्लाह अनुसार कटहरिया नगरपालिकाका तत्कालीन मेयर सियाराम कुशवाहाको पालामा २०७६ सालदेखि नेपालमै पहिलोपटक कटहरिया बाट नै सिता जयन्ती मनाउने सुरुआव भएको थियो। त्यस पछि प्रत्येक बर्ष जेष्ठ ३ गते माता सीताको जन्म अवसर पारेर सिता जयन्ती मनाउने शुभारम्भ गरिएको थियो। सञ्जय मिश्रा

प्रकाशित मिति:May 12, 2024