स्रोत नखुलेको करिब सात लाख रकमसहित एक युवक पक्राउ

Nepal Cover
३० बैशाख २०८१, आईतवार
image

जलेश्वर — महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा प्रहरीले स्रोत नखुलेको करिब सात लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–१ बस्ने २५ वर्षीय अनिस राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।