एक लाख रुपैयाँसहित पक्राउ परेका कलंकी नापी कार्यालयका सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई भ्रष्टाचारी ठहर भएका छन् । बिशेष अदालतले उनलाई आइतबार दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन महिलाअघि चौलागाई र लेखापढी व्यवसायी नेत्रबहादुर पोखरेललाई घुससहित पक्राउ गरेको थियो । जग्गाको हालसाविक तथा कित्ताकाट गर्नका लागि उनीहरुले घुस लिएका थिए ।लेखापढी व्यवसायी पोखरेल पनि दोषी ठहर भएका छन्।
२० फागुनमा अख्तियारले मुद्दा दायर गरेकोमा करिब दुई महिनामै मुद्दाको फैसला भएको हो ।