विद्यार्थीसँग कुलपति’ कार्यक्रम सम्पन्न !

  Sampatti News Online

May 13, 2024

काठमाडौँ । न्यु होली क्रस स्कुलद्वारा आयोजित विद्यार्थीसँग कुलपति’ कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियोे।
चितवनबाट सुरुवात गरिएको सांस्कृतिक सत्ता र समताका लागि’ भन्ने अभियानको पछिल्लो शृङ्खला अन्तर्गत ‘विद्यार्थीसँग कुलपति’ कार्यक्रम यसपटक काठमाडौँस्थित मनोहरामा रहेको न्यु होली क्रस स्कुलले आयोजना गरेको थियोे ।
कुलपति राईले प्राज्ञिक सांस्कृतिक उन्नायनमा नेपाल प्रज्ञा-प्रतिष्ठानले योगदान पुर्याउँदै आएको छ । अब’सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा-प्रतिष्ठान’ भन्ने उद्घोषसहित गाउँ गाउँमा पुग्ने र एकल ढङ्गले सञ्चालन हुँदै आएको प्रतिष्ठानलाई सबैको बनाउने हेतुले
निरन्तर काम गरिरहेको बताउनु भएको थियोे ।उहाँले स्थापनाको ६७ वर्षसम्म प्रतिष्ठान सबैसामू पुग्न नसके पनि अब सबै तहतप्कामा पुग्ने बताउनु भएको थियोे। यसै उद्वेश्यअनुरूप
न्यु होली भिजन स्कुलका शिक्षक, अभिभावक र विद्यार्थीले कुलपति राईलाई प्रज्ञा-प्रतिष्ठानको योगदान, महत्त्व र भूमिकाबारे जिज्ञासा राखेर संवादमा भाग लिएका थिए । विभिन्न प्रश्न र जिज्ञासा बारे जवाफ दिँदै उहाँले पाठ्‌यक्रम निर्माणमा समेत नेपाल प्रज्ञा- प्रतिष्ठानको संलग्नता हुन आवश्यक रहेको बताउनु भएको थियो ।

प्रकाशित मिति:May 13, 2024