टी–२० विश्वकपः नेदरल्यान्ड्सको टोली घोषणा

Nepal Cover
३१ बैशाख २०८१, सोमबार
image

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजका जुन १ तारिखदेखि सुरु हुने आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि नेदरल्यान्ड्सको टोली घोषणा भएको छ ।

डच क्रिकेट बोर्डले सोमबार स्कट एडवर्ड्सको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीमा अलराउन्डर रोलोफ भान डेर मर्वे र मुख्य ब्याट्सम्यान कोलिन एकरम्यानलाई राखिएको छैन ।

नेदरल्यान्ड्स विश्वकपको समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपाल, श्रीलङ्का, बङ्गलादेश र दक्षिण अफ्रिका रहेको छ । नेदरल्यान्ड्सले जुन ४ तारिख नेपालसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

नेदरल्यान्ड्स विश्वकप टोली

स्कट एडवर्ड्स (कप्तान), आर्यन दत्त, बास डी लिडे, डेनियल डोरम, फ्रेड क्लासेन, काइल क्लेन, लोगन भान बीक, म्याक्स ओ’डोउड, माइकल लेभिट, पल भान मिक्रेन, साइब्रान्ड एन्जलब्रेच, तेजा निदामानुरु, ⁠टिम प्रिन्गल, विक्रम सिंह, भिव किंग्मा र वेस्ली ब्यारेसी ।