हुन्डाईका गाडी नेपालमै उत्पादन हुने

  Sampatti News Online

May 14, 2024

काठमाडाैं । दक्षिण कोरियाको गाडी निर्माता कम्पनी हुन्डाईले नेपालमा गाडी एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको छ। हुन्डाईको नेपालस्थित वितरक लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)ले नवलपरासीको रामग्राममा हुण्डाई मोटर एसेम्बली प्लान्ट स्थापना गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार उक्त प्लान्टको स्थापना गर्नुभएको छ । ५ अर्ब रूपियाँभन्दा बढीको लागतमा ६५ हजार वर्ग मिटरको क्षेत्रफलमा फैलिएको एलएमसी हुण्डाई मोटर एसेम्बली प्लान्टमा १४ हजार वर्ग मिटरको निर्माण क्षेत्र रहेको छ।

८ हजार वटा गाडी वार्षिक उत्पादन क्षमता भएको प्लान्टमा २ सयभन्दा बढीले रोजगारी पाएका छन् । हुण्डाई मोटर कम्पनी (एचएमसी)को सबै मापदण्डको पालना गर्दै नेपालभर हुण्डाई मोटर गाडी उत्पादनलाई तीव्र गतिमा ल्याउने कम्पनीको लक्ष्य राखेको छ।

प्रकाशित मिति:May 14, 2024