नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस

Nepal Cover
२ जेष्ठ २०८१, बुधबार
image

काठमाडौँ । नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

मङ्गलवार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ ६४ प्रहरी वरिष्ठ नायव निरीक्षकलाई बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवा सूची प्रकाशन गरिएको कार्यालयले जानकारी दिएको छ ।