सुनको मूल्य तोलामा ३ सयले घट्यो

Nepal Cover
२ जेष्ठ २०८१, बुधबार
image


काठमाण्डौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन आइतबार प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आजका लागि भने १ लाख ३८ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन आइतबार १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने १ लाख ३७ हजार ४ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले ओरालो लागेको छ । आइतबार प्रतितोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ७ सय १५ रुपैयाँ निर्धारण भएको छ ।