रौतहटको सम्पूर्ण पालिका पूर्णखोप सुनिश्चितता घोषणा

  Sampatti News Online

May 15, 2024

रौतहट २ जेष्ठ। रौतहटको सम्पूर्ण पालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। कटहरिया नगरपालिका संगै जिल्लाको सम्पुर्ण पालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो। बुधबार एक विशेष समारोह वीच” पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ कटहरिया नगरपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । कटहरिया संगै जिल्लाको सबै १६ नगरपालिका र दुई गाँउपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।
कटहरिया नगरपालिकाको स्वास्थ शाखा द्वारा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति एवं खोप समन्वय समिति रौतहटका सभापति रामअयोध्या यादव र जिल्ला स्वास्थ्य कार्यालयकाको चेन कोल्ड अधिकृत अनिल कर्णले संयुक्त रूपमा पूर्ण खोप सुनिश्चितता घोषणा गरेका थिए। समन्वय प्रमुख यादवले मेयर अजयप्रकाश जैसवाल लाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
लगत्तै कार्यक्रमका प्रमुख अतिथि यादव र मेयर जैसवालले नौ वटै वडाका वडा अध्यक्षहरु लाई खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
नगरलाई पुर्ण खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने सम्पूर्ण कर्मचारी तथा स्वयंशेविकालाई मेयर जैसवालले कदर पत्र प्रदान गरेका थिए।
कार्यक्रममा जिल्ला समन्वय समिति तथा खोप समन्वय समितिका अध्यक्ष राम अयोध्या प्रसाद यादव, मेयर अजयप्रकाश जैसवाल,नगरपालिका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान, स्वास्थ शाखा प्रमुख शंकर यादव, ९ वडाका वडाध्यक्ष लगायत डब्लु. एच. ओ.को प्रतिनिधि आशा चौधरी ,जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
रौतहटका १८ पालिका मध्ये १७ पालिक यस अघिनै पूर्णखोप सुनिश्चितता घोषणा गरिएको थियो।

प्रकाशित मिति:May 15, 2024