क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा

  Sampatti News

May 15, 2024

काठमाडौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय स्तरका सबै प्रकारका क्रिकेट खेल गतिविधिको निलम्बनबाट फुकुवा गरेको छ ।

उच्चअदालत पाटनले बलात्कार मुद्दामा लामिछानेलाई सफाइ दिएसँगै क्यानले उनीविरुद्धको निलम्बन फुकुवा गरेको हो । यससँगै लामिछानेको अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टि–ट्वान्टी विश्वकप खेल्न सम्भावना बढेको छ ।

उच्चअदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले त्रिकेटर लामिछानेलाई आज सफाइ दिएको थियो । यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र रु पाँच लाखको जरिवाना र क्षतिपूर्तिको फैसला सुनाएको थियो । त्यससँगै क्यानले पनि लामिछानेलाई क्रिकेट गतिविधिबाट निलम्बन गरेको थियो ।

प्रकाशित मिति:May 15, 2024