कति पुग्याे डलरकाे भाउ ?

  Sampatti News

May 16, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार अमेरेकी डलर एकको दर अधिकतम १३३ रुपैया ३१ पैसा र बिक्री दर १३३ रुपैया ९१ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ३१ पैसा र बिक्री दर १४४ रुपैयाँ ९६ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६८ रुपैयाँ ०९ पैसा र बिक्री दर १६८ रुपैयाँ ८५ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४७ रुपैयाँ २२ पैसा र बिक्री दर १४७ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५२ पैसा र बिक्री दर ८८ रुपैयाँ ९२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ २२ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ५६ पैसा र बिक्री दर ८ रुपैयाँ ६० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४६ पैसा र बिक्री दर १८ रुपैयाँ ५४ पैसा रहेको छ ।

प्रकाशित मिति:May 16, 2024