पाल्पामा जिप दुर्घटना : एक जना बालकसहित २ जनाको मृत्यु

  Sampatti News

May 16, 2024

पाल्पा । पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका-४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै छन् ।

बुधबार बेलुका जिप दुर्घटना भएकाे हाे । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

बुधबार बेलुका नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका-४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटना भएको थियो । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिपका चालकसहित अन्य १० जनाको अवस्था भने सामान्य छ ।

प्रकाशित मिति:May 16, 2024